प्रधानमन्त्री भन्छन् : सुशासनमा गम्भीर भएर अघि बढ्नेछौं



काठमाडौं– प्रधानमन्त्री दाहालले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि जनताले सुशासनको अनुभूति हुने गरी काम गर्ने बताएका छन् । ‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ । र एउटा आशा जगाएको छ’ उनले भने ।

प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने र सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर समाधानमा केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेको बताए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : १३ बजे