सरकारमा सहभागितावारे माधव र उपेन्द्रसँग प्रधानमन्त्रीको संयुक्त बैठक




काठमाडौ– सरकारमा सकेसम्म बढी दलको सहभागिता गराउने उदेश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेतृत्वसँग परामर्श थालेका छन् ।

प्रधानमन्त्री दाहालले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । तीन दलबीच सरकारमा सहभागिता लगायतका बिषयमा छलफल भएको छ ।

श्रोतका अनुसार, ललितपुरस्थित प्रचण्डका एक आफन्तको घरमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको हो । प्रचण्डले प्रधानमन्त्री बन्न आफहरुसँगको गठवन्धन तोडेर एमालेसँग गठवन्धन बनाएकोमा समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट छन् ।

उनले सरकारमा जाने वा नजानेवारे छलफल चलिरहेको र प्रधानमन्त्रीसँगको वैठकपछि निर्णय लिइने समेत बताएका छन् । प्रधानमन्त्री प्रचण्डले असन्तुष्ट पक्षलाई फकाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । त्यसका लागि उनले माधव नेपाल र उपेन्द्र यादवलाई सरकारमा सहभागि हुन अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : २८ बजे