जसपा संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदै



काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेताको आज बधबार निर्वाचन हुँदैछ । दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राई, सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहको दावी छ ।

जसपा संसदीय दलको नेता चयनका लागि साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ । संसदीय दलको नेता चयनपछि सरकारमा सहभागितावारे निर्णय गर्ने जसपाको तयारी छ ।

सरकारको सहभागिता विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८ र १९ मा बस्ने भएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ४५ बजे