निवर्तमान प्रधानमन्त्री देउवाले छोडनुभयो सरकारी निवास


रासस

१३ पुस २०७९, बुधबार  

76
Shares

निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सर्नुभएको हो । बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उहाँ धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

उहाँ २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आउनुभएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ४ : १९ बजे