प्रचण्डलाई बधाई दिंदै मोदीले भने : द्धिपक्षीय सम्वन्ध मजवुत बनाउन मिलेर अघि बढौं



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाईपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ४२ बजे