प्रधानमन्त्री प्रचण्ड र नेपालबीच भेटवार्ता, विश्वासको मत दिन प्रचण्डको आग्रह



काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेता नेपालसँग आफ्नो सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागि ह’न आग्रह गरेका छन् ।

उनीहरुले बुधबार माओवादी संसदीय दलको कार्यालयमा भेट गरेका थिए । माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अन’सार, प्रधानमन्त्रीले विश्वासको मत दिन र सरकारमा सहभागि गरेको आग्रहमा नेता नेपाल सकारात्मक देखिएका छन् ।


प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिदैंछन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ५७ बजे