गठबन्धनको वैठक: मन्त्रालय फुटाउने तयारी नभएको प्रष्टिकरण, साझा कार्यक्रमको मस्यौदा भोलि आउने



काठमाडौं – भागबण्डाका लागि मन्त्रालय फुटाउने तयारीमा सत्ता गठवन्धन रहेको आरोप लागिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्यस्तो तयारी नभएको स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठवन्धनको बैठकले सरकारको कामको समीक्षा गर्दै जनताको जनजीविकालाई सहज बनाउनेबारे छलफल भएको उनले बताएका हुन् । तर सबैलाई भाग पुर्याउन मन्त्रालय फुटाउने छलफल भने नभएको लामिछानेले बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

बैठकमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्तनका वारेमा छलफल भएको थियो । ‘मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल भएको छैन । र, त्यस्तो सोच पनि छैन’ उनले भने । गठवन्धनले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता दिने भएको छ । त्यसअघि न्यूनतम साझा कार्यक्रमको मस्यौदा सक्ने गृहकार्यमा नेताहरु छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : १३ बजे