भारतले ‘भ्वाइस अफ ग्लोवल साउथ समिट’ अन्तगर्त बिशेष सम्मेलन गर्ने



काठमाडौं–भारतले यही पौष २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्दैछ । यो नवीन एंव विशिष्ट हुने जनाइएको छ ।

“युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज्” विषयवस्तु अन्तर्गतको “भ्वाइस अफ ग्लोबल साउथ समिट”ले ग्लोबल साउथका राष्ट्रहरुलाई साझा मञ्च प्रदान गरी उनीहरुका विचार तथा प्राथमिकता एक अर्कासँग आदानप्रदान गर्न उनीहरुलाई एकै ठाउँमा ल्याउने सोच राखेको छ ।

सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको छ । यो पहल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको “सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास” बाट प्रेरित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । यो कार्यक्रम भारतको ‘वसुधैव कुटुम्बकम’ दर्शनमा आधारित छ ।

भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरुबाट आएका अमूल्य सुझावहरुलाई विश्वव्यापी रुपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्ने पनि मन्त्रालयले जनाएको छ ।

यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आबद्घ नभएका राष्ट्रहरुलाई जी–२० मार्फत उनीहरुका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्नेछ । यो जी–२० का सदस्यहरुसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरुका आवाजलाई पनि उत्तिकै महत्व दिदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री मोदीको भनाइ अनुरुप रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : ३० बजे