राप्रपाबाट अध्यक्ष लिङ्देन उपप्रधानमन्त्री, प्रधान सहरी विकासमन्त्री बन्दै



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको तीन मन्त्री र एक राज्यमन्त्री टुंगे लगाएको छ । राप्रपा श्रोतका अनुसार, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्री बन्दैछन् ।
पार्टी उपाध्यक्ष ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्नेछन् भने विक्रम पाण्डे वा धवल शम्सेर राणामध्ये एक जना मन्त्री बन्नेछन् । दीपक बहादुर सिंह सहरी विकास राज्यमन्त्री बन्ने सम्भावना छ । राप्रपाले महिला बालबालिका र युवा खेलकुदमध्ये अर्को एक मन्त्रालय पाउनेछ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ०५ बजे