गृह मन्त्रालयवारे प्रधानमन्त्रीले पूर्व समझदारी कार्यान्वयन गर्नुहुन्छ भन्ने विश्वास छ : एमाले अध्यक्ष ओली



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ ।

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उहाँको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताउनुभएको थियो ।

ओलीको भनाई उल्लेख गर्दै पार्टी श्रोतले भन्यो, ‘सरकार बनाउँदाको सहमति कार्यान्वयन हुन्छ भन्ने मेरो विश्वास छ । प्रधानमन्त्रीले समझदारी अनुसारनै सरकार संचालन गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : १२ बजे