विदेश जान रोक लगाएको भन्दै सन्दीप सर्वोच्च जाने तयारीमा



काठमाडौं– धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछाने सर्वोेच्च जाने भएका छन् ।

उनका कानून व्यवसायी सरोज घिमिरेले सोमबारसम्म उच्च अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएका छन् । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । सुनुवाइका लागि शुक्रबार पहिलो पेसी तोकिएको छ । कानुन व्यवसायी घिमिरेले २० लाख रूपैयाँ धरौटी र विभिन्न शर्तहरू अन्यायपूर्ण भएको बताए ।

उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालतले धरौटी तोकेको थियो । महान्यायधिवक्ता कार्यालयले भने सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : १८ बजे