राष्ट्रपति चयनका लागि कांग्रेस बैठक शनिबार



राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवार छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : २४ बजे