सुदुरपश्चिमका मुख्यमन्त्री शाहलाई एमालेले विश्वास मत नदिने



काठमाडौं– एमाले संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताएका छन् ।
कांग्रेसबाट मुख्यमन्त्री नियुक्त कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदले उनलाई विश्वासको मत दिदैछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १२ : ४८ बजे