उपराष्ट्रपति पदका लागि रामसहाय प्रसाद यादवको उम्मेदवारी दर्ता



काठमाडौँ । सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरु संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : ०७ बजे