स्ववियु निर्वाचन : उम्मेद्वारको नामावलीमाथि आज दावी विरोध



काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत आइतबार उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको हो ।


उम्मेदवारमाथिको दाबी विरोधमा छानबिनपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गरिनेछ । त्यसैगरि, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने त्रिविले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : १८ बजे