ओलीले दिए दुइ युवालाई महत्वपूर्ण जिम्मेवारी, गिरी प्रमुख सचेतक र बर्तौला सचेतक



काठमाडौं– नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । त्यस्तै, सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतक चयन गरेका हुन् ।

गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । अध्यक्ष ओलीले युवालाई जिम्मेवारी दिने नीति अन्तगर्त दुई युवालाई नियुक्त गरेका हुन् ।

गिरी दोस्रोपटक चुनाव जितेर छोटो समय मन्त्री बनेका थिए भने बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । बर्तौलाले नेकपा समाजवादीका नेता विरोध खतिवडालाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : ३८ बजे