राष्ट्रपतिका प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त



काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।
चालिसे बेलायतका लागि पूर्व राजदूत हुन् ।

चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकार समेत थिए । त्यस्तै, राष्ट्रपति पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । सपथ लिएको दोश्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : २७ बजे