उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु, प्रचार प्रसार गर्न नपाइने



काठमाडौं– उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन शुक्रबार हुँदैछ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् ।

उपराष्ट्रपति पदमा निर्वाचनका लागि एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । जसपाकै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छिा् । उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।

यसअघि नै कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित् भइसकेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १० : ४० बजे