संघीयता प्रभावकारी कार्यान्वयन गर्नेबारे प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरुको छलफल



काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेश प्रमुखहरूले सामूहिक भेटवार्ता गरेका छन् । तीन तहको सरकारमध्ये पछिल्लो समय प्रदेशको आवश्यकता र औचित्यतामाथि बिभिन्न पक्षले प्रश्न उठाउन थालेको सन्दर्भमा प्रधानमन्त्रीले प्रदेश प्रमुखसँग भेटेका हुन् ।


प्रधानमन्त्री निवासमा भएको भेटमा संघीयता कार्यान्वयनका बिषयमा छलफल भएको वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले जानकारी दिएका छन् । मुख्यत् संघीयताको प्रभावकारी कार्यान्वयनवारे छलफल भएको थियो ।

जनताको ठूलो बलिदान, त्याग, तपस्याले आएको संघीयता जोगाउनका लागि प्रधानमन्त्रीले कदम चाल्नु हुने विश्वास आफूहरुले राखेको र प्रधानमन्त्री त्यसमा चिन्तित रहेको पनि आफूले पाएको उनले बताए । सत्तारुढ जनमोर्चाले नै संघीयता खारेजीको माग राखी साताब्यापी आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १२ : ३७ बजे