कोशी, बागमति र लुम्बिनीका केही स्थानमा चट्याङसहित बर्षा हुने



काठमाडौं– आज देशभर आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा बर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको हो । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ५३ बजे