चिनियाँ राष्ट्रपति सीको रूस भ्रमण मित्रता, सहयोग र शान्तिका लागि: प्रवक्ता वाङ वेनबिन


रासस

३ चैत्र २०७९, शुक्रबार  

0
Shares

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङको आसन्न रूस भ्रमण मित्रता, सहयोग र शान्तिको भ्रमण हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा सीले मार्च २० देखि २२ सम्म रूसको राजकीय भ्रमण गर्नेछन् ।

पछिल्ला वर्षहरूमा राष्ट्रपति सीले राष्ट्रपति पुटिनसँग निकट सम्पर्क कायम राख्दै आएका छन् ।

“उहाँहरूको नेतृत्व र मार्गदर्शनमा नयाँ युगका लागि समन्वयको चीन–रूस व्यापक रणनीतिक साझेदारीले दिगो, सुदृढ र स्थिर विकास हासिल गरेको छ,” वाङले नियमित पत्रकार सम्मेलनमा भने ।

दुई देशले रणनीतिक विश्वास र असल छिमेकीपनसहितको प्रमुख मुलुकबीचको सम्बन्धको मार्ग पहिल्याउँदै अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ प्रतिमानका लागि राम्रो उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो ।

भ्रमणका क्रममा सीले पुटिनसँग द्विपक्षीय सम्बन्धका साथै साझा चासोका प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा गहन विचार आदानप्रदान गर्ने, द्विपक्षीय रणनीतिक समन्वय र व्यावहारिक सहयोगलाई बढावा दिने र द्विपक्षीय सम्बन्धको विकासमा नयाँ गति प्रदानका लागि छलफल गर्नेछन्

“यो भ्रमण मित्रताको यात्रा हुनेछ, जसले चीन र रुसबीचको पारस्परिक विश्वास र समझदारीलाई अझ प्रगाढ बनाउनेछ र पुस्तौंदेखि दुई देशका जनताबीचको मित्रताका लागि राजनीतिक जग र जनसमर्थनलाई मजबुत बनाउनेछ,” वाङले भने ।

राष्ट्रपति सीको रूस भ्रमण विभिन्न क्षेत्रमा पारस्परिक लाभप्रद सहयोग प्रवद्र्धन गर्न, बेल्ट एण्ड रोड इनिसिएटिभ र युरेशियन इकोनोमिक युनियनबीचको सहकार्यलाई प्रगाढ बनाउनका साथै दुई देशलाई विकास र पुनरुत्थानका आ–आफ्ना लक्ष्य हासिल गर्न सहयोग पु¥याउने उनले उल्लेख गरे ।

चीन र रूसले असंलग्नता, मुठभेडरहित र कुनै पनि तेस्रो पक्षलाई लक्षित नगरेका आधारमा साँचो बहुपक्षवादको अभ्यास गर्ने, बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रको प्रवद्र्धन गर्ने, विश्वव्यापी शासन प्रणालीमा सुधार गर्ने र विश्वको विकास तथा प्रगतिमा योगदान गर्ने उल्लेख गर्दै वाङले यो भ्रमण शान्ति स्थापनाका लागि पनि हुने बताए ।

“चीनले युक्रेन सङ्कटमा आफ्नो उद्देश्य र न्यायोचित अडानलाई कायम राख्नेछ र शान्ति वार्तालाई बढावा दिन रचनात्मक भूमिका खेल्नेछ,” प्रवक्ता वाङले भने ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ५९ बजे