सत्तारुढ गठवन्धनका १० दलको वैठक वालुवाटारमा, सरकार विस्तारमा छलफल हुने



काठमाडौं– सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारले लिने विश्वासको मत, मत्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धन बैठकमा सदनमा पेस गर्न लागिएको टीआरसी विधेयकलगायतका एजेन्डामा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : ४२ बजे