पहिले ९९.२५ प्रतिशत पाएँ, भोलि १०० प्रतिशत मत पाउँछुु : प्रधानमन्त्री दाहाल



काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिले ९९.२५ प्रतिशत सांसदको समर्थन पाएकोमा भोलि १०० प्रतिशतकै समर्थन पाउने विश्वास रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् । उनलाई कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् । अन्य साना दलको पनि समर्थन पाउने सम्भावना छ ।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा आइतबार संवाददाताहरुको प्रश्नमा प्रधानमन्त्री दाहालले सोमबार दिउँसो १ बजे सबै सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा रहेको बताएका हुन् । ‘पहिले ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएकोमा सोमबार सय प्रतिशत पुग्ने आशा छ’ उनले भने ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : १८ बजे