उपराष्ट्रपति यादवले लिए सपथ



काठमाडौं– नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले अहिले भर्खरै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् ।

यादव चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र पूर्वप्रधानमन्त्रीहरु सहभागि थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : १० बजे