मुख्यमन्त्री जम्कट्टेलले पाए दोश्रोपटक विश्वासको मत



हेटौडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिनाकै विचमा उनले दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले उनलाई विश्वासको मत दिएका हुन् । विपक्षमा १७ मत पर्यो भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बसे । प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा ५६ प्रदेश सांसदको समर्थन जुटाउनुपर्ने थियो ।

उनलाई संघीय गठवन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ५ : ०१ बजे