प्रधानमन्त्रीलाई पींडा सुनाउन मिटरब्याज पींडित फेरी काठमाडौंमा



काठमाडौं– सरकारले प्रतिवद्धतामात्र जनाएको तर माग पुरा नगरेको भन्दै मिटरब्याज पीडित आफ्ना आवाज सुनाउन फेरी काठमाडौं आएका छन् ।

मिटरब्याजीविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं आइपुगेका हुन् । ८५ जना पींडितले ११ औं दिनअघि पैदलयात्रा सुरु गरेका थिए ।

११ दिनअघि महोत्तरीदेखि उनीहरुले पैदल यात्रा सुरु गरेका थिए । टोलीमा ४२ जना महिलासहित केही स्कुले विद्यार्थी र शिशलाई उनका अभिभावकले लिएर आएका छन् । गत जेठ अन्तिममा देशभरबाट उनीहरुले न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए । २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेका थिए । त्यसपछि बल्ल सरकारले १ असोजमा सम्झौता गरेको थियो । तर त्यसपछि सरकारले सम्झौता कार्यान्वयन नगरेपछि उनीहरु फेरी आन्दोलन गर्न काठमाडौं आएका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : २५ बजे