भागबण्डा र मन्त्री टुंगो लगाउन सत्तारुढ दलहरुको वैठक बस्दै



काठमाडौं– मन्त्रालय भागबण्डा टुंगो लगाउन सत्तारुढ दलहरुको वैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ ।

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा बैठकमा छलफल हुनेछ । मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलको बैठकले आज मन्त्रालय भागबन्डा टुंगो लगाउने निर्णय गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने यसअघि बताउँदै आएका थिए । तर भागबण्डा मिल्न नसक्दा सरकार निर्माण भएको छैन । आज भागबण्डा र मन्त्रीको नाममा टुंगो लागेमा आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना पनि छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ०४ बजे