वालुवाटार वैठक निष्कर्षविहीन, भागवण्डा मिलाउन भोलि फेरी वैठक



काठमाडौं– भागबण्डा नमिलेपछि वालुवाटारको सत्तारुढ दलको बैठक निष्कर्षविहीन भएको छ ।

बैठकमा कांग्रेसले ९ मन्त्रालयको दावी गर्यो भने अन्य साना पार्टीले पनि आफूहरुलाई हेपिएको भन्दै सम्मानजनक संख्याको माग गरेका थिए ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकमा दलहरुका दावी फरक फरक भएपछि निर्णय हुन नसकेको हो । कांग्रेसले सवैभन्दा ठूलो दलको हैसियत केही महत्वपूर्णसहित ९ मन्त्रालयको दावी गर्यो भने माधव नेपालले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालयको माग गरेका थिए । पार्टीका नेताहरुलाई नेपालले तीन मन्त्रालयको माग राखेको वयान गरेका छन् ।

आज कुरा नमिलेपछि बुधबार बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ५४ बजे