आज मन्त्रिपरिषद् विस्तार हुने, कुन मन्त्रालय कुन पार्टीलाई टुंगो लगाउन वैठक बस्दै



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
हिजो बसेको सत्तारुढ दलहरुको बैठकमा मन्त्रालय संख्या लगभग टुंगिएपनि कुन मन्त्रालय कुन पार्टीलाई भन्ने टुंगो लागेको थिएन । पार्टीहरुले मन्त्रीको नाम पनि तय गर्न नसकेका कारण आज सवै टुंगो लगाउने बताएका थिए ।

आज साझेदार दलहरुको बैठक बस्ने र त्यसमा प्रधानमन्त्री प्रचण्डले कुन मन्त्रालय कसलाई दिने भनेर सुनाएपछि साँझ मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ । आजै सत्ता साझेदार दलहरुले आफूलाई मन्त्रालयको टुंगो लगाइदिन प्रधानमन्त्रीलाई दवाव दिइरहेका छन् ।

आफूहरुले पाउने मन्त्रालय थाहा भएपछि मन्त्री पठाउन दलहरु तयारी अवस्था रहेको बताइएको छ । पूर्व सहमति विपरित प्रचण्डले गठवन्धन बदलेपछि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । १० पुसको सत्ता गठबन्धन आफैं भत्काएर निर्वाचनताकाको गठवन्धन फर्काएपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ११ : ०६ बजे