सर्वोच्चको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताका आधारमा शान्ति प्रक्रिया टुंग्याउनुपर्छ : ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितले न्याय पाउने गरी सक्रमणकालिन न्याय टुंग्याउनुपर्ने बताएका छन् । त्यसो नभएमा एमालेले पारित गर्न नदिने पनि बताएका छन् ।

उनले आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन नमिल्ने र नदिइने पनि बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा उनले उपयुक्त ढंगले अन्तराष्ट्रिय मुल्य मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्तिप्रक्रिया टुंगिनुपर्ने बताए । त्यसो नभएमा एमालेले पारित गर्न नदिने उनको भनाई थियो ।

‘दण्डहिनताको अन्त्य जस्ता कुराहरुलाई आधार मानेर द्धन्द्धको पीडालाई समाप्त पार्न शान्ति प्रक्रिया टुंग्याउन चाहन्छौं । शान्ति प्रक्रिया टुंग्याउन संक्रमणकालिन न्याय, संक्रमणकालिन अन्याय होइन,’ उनले भने,‘संक्रमणकालिन न्याय पीडितलाई उपलब्ध गराउने हो । क्षतिपूर्ति र स्वइच्छाले गर्न चाहेमा मेलमिलाप, करकापले धम्काएर, मान्छेलाई प्रेसर दिएर सहमति या मेलमिलाप हुन सक्दैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै गन्तव्य नै नभएको बताए । ‘कृत्रिम खालका विभिन्न पार्टपुर्जा जोडेर अप्राकृतिक तरिकाले सरकार बनेको छ । १० दलभित्र विचार नीति, कार्यक्रम, सिद्धान्त, गन्तव्य केही पनि मिल्दैन । सरकारको एउटा गन्तव्य हुनुपर्छ, त्यो केही छैन’ ओलीले भने ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ३२ बजे