एमाले गठबन्धन भत्काउने या बनाउने खेलमा छैन: उपाध्यक्ष पौडेल

भीम रावलले पार्टीको अनुशासन पालना नगरे अनुशासनको कारबाही हुने



अत्तरिया । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ता प्राप्तिका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गरेका छन् ।

प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित अन्तर्क्रियामा अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन् ।

उनले भने, “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।” उपाध्यक्ष पौडेलले आफ्नो पार्टीे सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताए । उनले पार्टीका नेता भीम रावलले पार्टीको अनुशासन पालना नगरे उहाँमाथि अनुशासनको कारबाही हुने पनि बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : ५८ बजे