भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ



काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताएकी छन् ।

पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा हस्ताक्षर गरिन् । मन्त्री श्रेष्ठले भनिन्, “देशमा भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम मेरो पहिलो प्राथमिकता रहनेछ ।”

उनले पार्टीका मागप्रति वर्तमान सरकार सकारात्मक रहेकाले आफू सरकारमा सहभागी भएको स्पष्ट पारिन् । “यो गठबन्धनबाट हाम्रो माग सम्बोधन हुने सतप्रतिशत विश्वस्त भएपश्चात यहाँसम्म आउने बाटो रोजेका हौँ”, उनले भनिन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी श्रेष्ठ गत मङ्सिर ४ गतेको निर्वाचनमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : १६ बजे