प्रतिनिधिसभाको वैठक आज १ वजे, प्रतिनिधि सभा नियमावली पारित गर्ने सहमति



काठमाडौं– प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन पारित गर्ने कार्यसूची पनि छ ।

प्रतिवेदन दफावार छलफल पछि पारित गरिनेछ । प्रतिवेदन पारित गर्नेवारेमा सत्तापक्ष र प्रतिपक्षवीच सहमति जुटेको छ । कार्यव्यवस्था समितिको वैठक नियमित राखेर सभामुख अघि बढ्नेवारेमा सहमति भएपछि संसोधन प्रस्तावहरु फिर्ता हुनेछन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् ।

त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ५८ बजे