काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले १० बजे बस्दैछ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने बताएका हुन् । उनले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरेका छन् ।
वैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेवारेमा कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप चार सदस्यहरुका वारेमा छलफल हुने बताइएको छ । पार्टीभित्र शेखर समुहले कम्तिमा पनि तीन मन्त्री मागेपछि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग आन्तरिक राजनीति मिलाउने भन्दै केही समय मागेका थिए ।
त्यस्तै तीन उपनिर्वाचन र अन्य समय सामयिक राजनीतिक विषयमा हुने बताइएको छ । यसअघि बैठकले प्रधानमन्त्री प्रचण्डलाई उपनिर्वाचनको उम्मेदवार तय गर्ने जिम्मा दिएको थियो ।
प्रतिक्रिया