इम्बोस्ड नम्बर प्लेट अव देवनागरी लिपिमा लेख्न सकिने



काठमाडौं– सरकारले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा लेख्ने व्यवस्था गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गरेसँगै यो सम्भव भएको हो ।

सरकारकी प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले यो जानकारी दिएकी हुन् । उनका अनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने मात्र व्यवस्था भएकामा त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था गरिएको हो ।

‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुवै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका छौं’ मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा आज उनले भनिन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : ०९ बजे