शीर्ष नेताहरुबीच भेटवार्ता

ओली लाई भेट्न एउटै गाडीमा प्रचण्ड र देउवा बालकोटमा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भेटघाट भएको छ । संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।

अध्यक्ष ओली केही दिनयता घरमै स्वास्थ्यलाभ गरिरहेकाले उनको निवासमा भेटघाट भएको हो ।

उनीहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने बताइएको छ ।
ओली लाई भेट्न एउटै गाडीमा प्रचण्ड र देउवा बालकोट पुगेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ११ : ५१ बजे