संवैधानिक परिषद्को बैठक निश्कर्षविहीन



काठमाडौं– संवैधानिक परिषद्को बैठक निश्कर्षहिन भएको छ । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताए ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको थियो । प्रधानन्यायाधीशको नियुक्ति अर्को बैठक बसेर टुंग्याइने बताइएपनि अर्को बैठकको मिति तय भएको छैन ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : ०९ बजे