भारतीय सांस्कृतिक सम्बन्ध परिषद् स्थापना दिवस मनाइयो



काठमाडौँ । यहाँस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी ७३औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीआरआर) स्थापना दिवस मनाएको छ ।

आइसीआरआरका एलम्नाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन आयोजित सो कार्यक्रम जारी ‘आजादीका अमृत महोत्सव’को एक हिस्साका रूपमा रहेको छ । कार्यक्रममा दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतमा अध्ययन गर्न छात्रवृत्ति तथा फेलोसिपमार्फत आइसिसीआरले भारत र नेपालका जनताबीच मित्रभाव निर्माण गर्नुका साथै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताए ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारले विभिन्न शास्त्रीय राग झल्किने साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथै चर्चित सङ्गीतकर्मी एवं आइसीआरआर एलम्नाइद्वय डा हरिप्रसाद पौड्याल (बाँसुरी) र यात्रीराज अधिकारी (भायोलिन)ले जुगलबन्दी प्रस्तुत गरेका थिए ।

भारत र नेपालबीच सदियौँदेखि रहिआएको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेतर्फ स्वामी विवेकानन्द सांस्कृतिक केन्द, काठमाडौँ प्रयासरत छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : १० बजे