तनहुँ १ उपनिर्वाचनः रास्वपाका डा वाग्लेको अग्रता कायमै



दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेट अनुसार वाग्लेले १५ हजार १३५ मत ल्याएका छन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७३१ मत ल्याएर पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको ४ हजार ९९९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ११ : १५ बजे