गठबन्धनले विर्ता दावी गरेको तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले सानदार मतसहित विजयी



काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् ।आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् ।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार चार सय ८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले बताए ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन्।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रिक्त भएको थियो । यो स्थानमा गत आइतबार निर्वाचन भएको थियो ।

यसअघि मंसिर ४ को चुनावमा यहाँ कांग्रेसले जितको थियो । कांग्रेसका भट्टराईले अन्तिम मत परिमाण नआउँदै हार स्विकार गरेका थिए । सरकारमा रहेका दलहरुले यस निर्वाचन क्षेत्रलाइ प्रतिष्ठाको रुपमा प्रचार गरेका थिए । समान्य कोण सभामा प्रधानमन्त्री सहित तीन पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधव कुमार नेपाल र बाबुराम भट्टराई सत्ताको दुरुपयोग गरेर भाषण गर्न दमौली पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : २२ बजे