रास्वपाका लामिछानेको फराकिलो अग्रता



चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । हालसम्म आठ सय ७० मत बदर भएको छ । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : ३८ बजे