काठमाडौं– नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।
पार्टीले यसअघि नै रायमाझीलाई प्रहरीसमक्ष आत्मासपर्मण गरेर वयान दिन सुझाव दिएको थियो । तर त्यसलाई बेवास्ता गरेर फरार भएपछि पार्टीले पदबाट निलम्वन गरेको हो । महासचिव शंकर पोखरेलले एब बिज्ञप्ती जारी गरी कारवाही गरिएको बताएका हुन् ।
महासचिव पोखरेलले विज्ञप्तिमा उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया