आईओएम नेतृत्वका लागि युरोप र अमेरिकाबीच प्रतिस्पर्धाको सम्भावना



जेनेभा । नेतृत्वका लागि असामान्य कटुतापूर्ण लडाईंपछि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले आफ्ना वर्तमान प्रमुख (महानिर्देशक) वा उप–प्रमुख (उप–महानिर्देशक)ले संयुक्त राष्ट्रसङ्घीयको निकायको नेतृत्व गर्ने भन्ने विषयमा सोमबार निर्वाचन हुने देखिएको छ ।

आईओएमका १७५ सदस्य राष्ट्रले पोर्चुगल सरकारका पूर्वमन्त्री एन्टोनियो भिटोरिनोलाई दोस्रो कार्यकालका लागि समर्थन गर्ने वा आगामी पाँच वर्षका लागि अमेरिकी अधिकारी एमी पोपलाई समर्थन गर्ने मध्ये एकरोज्ने छन् ।

जेनेभास्थित सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार सोमबार बिहान ९ बजेदेखि सुरु हुने उक्त गोप्य मतदान मङ्गलबारसम्म चल्नेछ ।

सन् १९५१ मा दोस्रो विश्वयुद्धपछि युरोपमा भएको विस्थापनलाई व्यवस्थापन गर्न आइओएमको स्थापना भएको थियो तर यो सङ्गठनलाई सात वर्षअघि मात्र संयुक्त राष्ट्रसङ्घीय निकायका रूपमा स्वीकारिएको हो ।

विश्वव्यापी रूपमा आप्रवासीहरूको सङ्ख्या बढ्दै जाँदा सङ्गठनको शीर्ष पदको दौड एक महत्वपूर्ण समयमा आएको छ ।

सन् २०२० को एक अनुमानअनुसार जेनेभास्थित यो निकाय विश्वभरका करिब २८ करोड १० लाख आप्रवासीको आवश्यकतालाई सम्बोधन गर्ने अग्रणी अन्तर्राष्ट्रिय संस्था हो ।

पर्यवेक्षकहरूका अनुसार महानिर्देशक पदका लागि गरिएको अभियानले अमेरिका र उसका युरोपेली सहयोगीहरूबीच दरार पैदा गरेको छ । यसले अमेरिकीलाई परम्परागत रूपमा अमेरिकी नेतृत्वदायी भूमिकामा फर्काउन ठूलो लगानी गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ५ : ०० बजे