आज संसदमा प्रधानमन्त्रीलाई प्रश्न, नक्कली शरणार्थीदेखि नक्कली लडाकुसम्मका बिषयमा प्रश्नोत्तर हुँदै



काठमाडौं– आज प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले प्रश्न सोध्दैछन् । आज बस्ने बैठकमा प्रश्नोत्तर हुन लागेको हो ।

वैठक बिहान ११ बजे बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । नक्कली भुटानी शरणार्थी काण्डदेखि क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारसम्मका बिषयमा सांसदले प्रश्न सोध्ने तयारी गरेका छन् ।
राप्रपा र एमालेका केही सांसदले नक्कली शरणार्थी प्रकरणको छानविन अघि बढाएजस्तै नक्कली लडाकु र लडाकु शिविरमा भएको आर्थिक घोटालामा पनि छानविन अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्दैछन् ।

एक सांसद भन्छन्– नक्कली शरणार्थीलाई टुंगोमा पुर्याहोस्, हामी सहयोग गर्छाैं । तर लडाकु शिविर काण्डको पनि छानविन हुनुपर्छ भन्ने हाम्रो माग रहनेछ । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : २७ बजे