अमेरिकी राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री सुनक र फ्रान्सका राष्ट्रपति म्याक्रोन हिरोसिमा



हिरोसिमा । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पिस मेमोरियल पार्कमा) स्वागत गरेका छन् ।

हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेन सँगै अएकी छन् । त्यसैगरी बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमण गर्दै छन् । हिरोशिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्ट ६ मा संसारको पहिलो आणविक बम खसालिएको घटनाको दुःखद स्मृतिमा निर्मित संरचना हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोसिमामा हुने जी-७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुगेका थिए । जी-७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलाइत र जर्मनी रहेका छन्। जापानले आफ्नो जी-७ अध्यक्षता अन्तर्गत अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक टापु, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ।

जी-७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलाइत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिंग प्रेसिडेंसीको क्रममा), र युरोपेली संघका नेताहरूका लागि वार्षिक अन्तरराष्ट्रिय मञ्च हो। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हिरोशिमामा हुने जी-७ बैठकमा युरोपेली संघको प्रतिनिधित्व गर्दै छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी मे १९ मा हिरोशिमा पुग्दै छन् र मे २०(२१ मा हुने जी(७ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
विश्व राजनीतिका प्रमुख नेताहरुलाई स्वागत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सन्देशमा भनेः मे १९ देखि २१ सम्म जी(७ शिखर सम्मेलन मेरो गृहनगर हिरोसिमामा हुदैछ। हिरोसिमा हरियाली चुगोकु हिमालले घेरिएको, शान्त सेतो अन्तर्देशीय सागरको अनुहारमा रहेको सुन्दर शहर हो।ू

म साँच्चै जी(७ नेताहरूलाई हिरोशिमामा स्वागत गर्न आतुर छु । यस वर्ष विश्वको ध्यान जापानमा केन्द्रित हुँदा यो सुन्दर परिदृश्य, परम्परागत संस्कृतिबाट विश्वलाई हाम्रो देशको आकर्षण देखाउने ठूलो अवसर हुनेछ।ू उनले भने ।

यसअघि मे १८ मा जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका थिए । उनले बेलाइती समकक्षी ऋषि सुनकसँग पनि भेटवार्ता गरेका छन् । किशिदाले जी ७ शिखर सम्मेलनमा भाग लिन हाल जापानमा रहेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गरेका छन् ।

यसैबीच जी (७ का नेताहरूले शुक्रबार जापानको हिरोसिमास्थित हिरोसिमा शान्ति स्मारक उद्यानमा माल्यार्पण गरेका छन् । उनीहरूले हिरोसिमा पिस मेमोरियल पार्कमा वृक्षरोपण गरेका छन् । हिरोशिमा मेमोरियलमा माल्यार्पण गरेपछि नेताहरूले सामूहिक तस्बिर समेत खिचेका छन् ।

जापानी प्रधानमन्त्री फुमियो किशिदा, युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल, अमेरिकी राष्ट्रपति जो बाइडेन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र जर्मन चान्सलर ओलाफ स्कोल्ज र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सामूहिक तस्बिर खिचेका हुन् ।
जापानले यसै वर्ष २०२३ मा जी(७ को अध्यक्षता ग्रहण गरेको हो।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  २ : ४६ बजे