अबको वर्ष पार्टी सङ्गठन निर्माण र सुदृढीकरणको हुनेछ: सभापति देउवा



गोदावरी । नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन् ।

नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताए ।

सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताए । “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु”, उनले भने ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : ०२ बजे