काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन् । उनको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन् ।
सो सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा पुर्याइएका राष्ट्रपति पौडेललाई बिहान ५ बजे नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।
पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएको थियो । अहिले उनको सीसीयूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।
केही दिन अघि पनि मुटुमा समस्या आएपछि गंगालाल अस्पतालमा उपचार गराएका उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।





प्रतिक्रिया