काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । चर्चित ललित निवास जग्गा प्रकरणमा उनलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा रिहा गरेको थियो । ललित निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको थियो । त्यसै सिलसिलामा उनलाई अहिले पक्राउ गरिएको हो ।





प्रतिक्रिया