निर्वाचन कार्यालय खारेज नहुने अर्थमन्त्रीको प्रष्टोक्ति



काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नहुने प्रष्टोक्ति दिएका छन् ।
सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारी गरेको भन्दै एमाले र रास्वपाले प्रतिनिधिसभामा विराध जनाउँदै बैठक अवरुद्ध पारेका थिए ।

दुई पार्टीको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा आफूहरू रहेको उनले बताएका हुन् । ‘म विश्वास दिलाउन चाहन्छु । निर्वाचन कार्यालय कायम रहन्छन् । यसका कतै पनि शंका रहने ठाउँ नदिन सरकारको सम्पूर्ण कोसिस रहन्छ । हामी पार्टीका प्रतिनिधि निर्वाचन आयोगमा गएर प्रतिबद्धता पनि जनाइसकेका छौँ । प्रधानमन्त्रीको कार्यालयमा निर्वाचन आयुक्तसँग र सदनमा पनि स्पष्ट पारेको छु ।’

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १ : ०५ बजे