ललिता निवास जग्गा कीर्ते प्रकरण

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ



काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । शाहलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । उनी पूर्वसहसचिवसमेत हुन् ।

उनले किर्ते कागज बनाउन सहयोग गरेवापत ललिता निवासको जग्गा श्रीमतीको नाममा घुस स्वरुप पाएका थिए । ललिता निवास जग्गा कीर्ते प्रकरणमा सीआईबीले हालसम्म ७ जनालाई पक्राउ गरिसकेको छ । यसअघि भाटभटनीका मालिक मिनबहादुर गुरुङ पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : ३१ बजे